३१ आश्विन २०८३, शनिबार

नेपाल–भारत सुरक्षा बैठक भोलिदेखि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal & india flagकाठमाडौं, २१ असार । सुरक्षासम्बन्धी नेपाल–भारत द्विपक्षीय परामर्श समूहको बैठक भोलिदेखि राजधानीमा हुने भएको छ ।

बैठकमा भाग लिन १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतीय विदेश मन्त्रालयका सहसचिव अभय ठाकुर राजधानी आइसक्नुभएको यहाँस्थित भारतीय राजदूतावासका प्रवक्ता अभयकुमारले बताए ।

बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सहसचिव अमृतबहादुर राईले गर्ने छन् । बैठकमा विगतमा भएका निर्णयको प्रगति समीक्षाका साथै भविष्यमा हुने आपसी सहयोगबारे विचारविमर्श हुनेछ ।

परामर्श समूहको बैठक बर्सेनि नेपाल र भारतमा आलोपालो गरी हुँदै आएको छ । दुई दिने उक्त बैठकमा दुवै मुलुकका परराष्ट्र, कानुन, रक्षा मन्त्रालयका साथै सुरक्षा निकायका उच्च अधिकारीले भाग लिनेछन् ।