३१ आश्विन २०८३, शनिबार

विश्वलाई फुटवलको ज्वरो, खेलाडीलाई चाँही शरीरकै ज्वरो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

photo_17काठमाडौ, २० असार । अहिले विश्वलाई नै विश्वकप फुटवल खेलको ज्वरोले समाएई रहेको बेला विश्वकपको क्वार्टरफाइनल खेलपूर्व जर्मनीका केही खेलाडीहरुलाई चाँही साच्चैको ज्वरोले समाएको छ ।

जर्मन प्रशिक्षक वाकीम लोउका अनुसार टीमका ७ जना खेलाडीमा सामान्य ज्वरोको लक्षण देखिएको छ ।तर, त्यही कारण कुनै खेलाडीलाई आराम दिनुपर्ने अवस्था भने नभएको बताइएको छ । खेलाडीहरुले सामान्य ज्वरो र रुघाखोकीको ‘कम्प्लेन’ गरेपनि सबैजना ट्रेनिङमा सहभागी भएका छन् ।

यसअघि म्याट्स हुमल्स र क्रिष्टोफ क्रामर बिरामी भएको खबर आएको थियो । ज्वरो बढेपछि हुमल्सले अल्जेरिया विरुद्धको ‘राउण्ड अफ सिक्सटिन’ भिडन्त गुमाएका थिए ।

विश्वकपमा समूह चरण र ‘राउण्ड अफ सिक्सटिन’का चार खेलका लागि विभिन्न मौसम र तापक्रम भएका सहरहरुमा व्यस्त यात्रा गर्नुपरेकोले खेलाडीहरु थाकेको हुनसक्ने अनुमान गरिएको छ ।