३१ आश्विन २०८३, शनिबार

अग्नी परिक्षामा होमिदै फ्रान्स, जर्मनी र ब्राजिल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

world-cup-final5काठमाडौ, २० असार । अहिले विश्वलाई नै विश्वकप फुटवलको ज्वरोले समाएको छ ।

ब्राजिलमा जारी विश्वकप फुटबलको २० औँ संस्करणको क्वार्टरफाइनल खेलहरु आजदेखि सुरु हुँदैछन् । खेलप्रेमीका लागि सबै भन्दा रोमाञ्चक मानिले फुटवलको यो संस्करण पनि हेर्न लायक हुने फुटवल पण्डितहरुले विश्लेषण गरेका छन् ।

क्वार्टरफाइनल खेलहरुमा चिरपरिचत ब्राजिल, अर्जेन्टिना, फ्रान्स, जर्मनीजस्ता मुलुक रहेकाले पनि फुटवलको ज्वरोले विश्वलाई समाएको हो ।
शुक्रवार हुने क्वार्टरफाइनलको पहिलो खेलमा जर्मनी र फ्रान्सबीच भिडन्त हुने भएको छ । शुक्रवार बेलुकी पौने १० बजे रियो दि जेनेरियोको मराकाना रंगशालामा हुने यो खेलममा एक मुलुक बाहिरिने निश्चित छ ।

तीन पटकको विश्व च्याम्पियन जर्मनी र एक पटकको च्याम्पियन फ्रान्स दुवैका लागि यो यात्रा कठिन हुनेछ । दुई युरोपियन राष्ट्रहरुबीचको यो भिडन्तलाई निकै महत्व दिइएको छ । ‘राउण्ड अफ सिक्सटिनमा अल्जेरियालाई हराउँदै जर्मनी र नाइजेरियालाई हराउँदै फ्रान्स क्वार्टरफाइनलमा पुगेका टिम हुन् । समूह चरणमा पोर्चुगल र अमेरिकालाई हराएको जर्मनीले घानासँग बराबरी खेलेको थियो । जादुमय खेल खेल्न सक्ने क्षमता भएको जर्मनी फ्रान्ससँग टिक्छ कि टिक्दैन भन्ने धेरैले धेरै थरी अनुमान लगाएका छन् ।

त्यसैगरी, समूह चरणमा स्वीट्जरल्याण्ड र होण्डुरसलाई हराएको फ्रान्सको पनि भागय परिक्षा आज नै छ । फ्रान्सले इक्वेडरसँग भने बराबरी खेलेको थियो । विश्वकप फुटबलको दोस्रो क्वार्टरफाइनल खेल शनिवार बिहान पौने दुई बजे ब्राजिल र कोलम्बियाबीच हुनेछ । ‘राउण्ड अफ सिक्सटिन’मा चिलीलाई पेनाल्टी सुटआउटमा हराउँदै ब्राजिल क्वार्टरफाइनलमा पुगेको हो । सोही चरणमा कोलम्बियाले अर्को लेटिन अमेरिकीमुलुक उरुग्वेलाई २–० ले हराएको थियो ।

ब्राजिललाई हराउँन कोलम्बियाका लागि बार्सिलोनाका चर्चित स्ट्राइकर नेइमार बाधक बन्ने छन् । नेइमारको प्रहारलाई छेक्न सक्यो भने कोलम्बिया माथि उक्लिने फुटवल पण्डितहरुको अनुमान छ ।

ब्राजिल र कोलम्बिया दुवै टोली समूहका विजेता हुन् । ब्राजिलले समूहमा क्रोएसिया र क्यामरुनलाई हराएको थियो भने मेक्सिकोसँग बराबरी खेलेको थियो । त्यसकारण पनि यो खेल रोमाञ्चक हुने अनुमान गरिएको छ ।

कोलम्बियाले भने समूहका सबै खेल जित्ने क्रममा आइभोरी कोष्ट, जापान र ग्रीसलाई पन्छाएको थियो । जारी विश्वकपमा सर्वाधिक गोल गर्ने होडमा रहेका कोलम्बियाका जेम्स रोड्रिग्वेजले ५ गोल गरिसकेका छन् । यता चार गोल गरेका ब्राजिलका नेइमार पनि गोलका भोका भनेर मैदानमा उत्रिने भएका छन् ।
यो खेलको विजेताले सेमिफाइनलमा फ्रान्स र जर्मनीबीचको पहिलो क्वार्टरफाइनल विजेतासँग खेल्नेछ ।