काठमाडौ, असार १९ ।
दैनिक नेपाल डटकमको लाइभ अपडेटबाट हामी पनि विदा माग्छौँ ।
एमालेको महाधिधवेशको उद्घाटनशत्र सकियो ।
नवौं महाधिवेशनलाई एकताको महाधिवेश बनाउँने भन्दै अध्यक्ष झलनाथ खनालले बाँकी बन्दशत्रमा छलफल गर्ने बताउँनु भयो ।
एमालेले कांग्रेस र एमाओवादीलाई गणतन्त्रमा ल्याएको खनालले दाबी गर्नुभयो ।
माओवादीलाई लोकतान्त्रिक बाटोमा ल्याउन सिलगुडीदेखि रोल्पासम्म गएर वार्ता गरेको स्मरण गराउँदे अध्यक्ष खनालले एमाले सँधै शान्तिको पक्षमा रहेको बताउनु भयो ।
अध्यक्ष खनालले अहिले पनि सम्वोधन गरिरहनु भएको छ ।
अध्यक्ष खनालको सम्वोधनपछि खुलासत्र सकिने ।
पार्टीको दस्तावेजहरुलाई सर्वसम्मत रुपमा पारित गर्ने भन्दै खनालले सर्वसहमतिमा नेतृत्व छनोट गर्नुपर्ने बताउनु भयो ।
उदघटन समारोहका अध्यक्ष झलनाथ खनाल सम्बोधन गर्दै हुनुहुन्छ ।
नेपालले पार्टीमा सबै नेताको व्यवस्थापन गर्नु पर्ने र पार्टीलाई एक ढिक्का बनाएर लैजानु पर्ने बताउनु भयो ।
नेपालले अहिले नेतृत्व पायुपंखी घोडाको जस्तो बेग भएको र सक्रियता भएको चाहिएको छ भन्नुभयो ।
नवौ महाधिवशेन कम्युनिष्ट आन्दोलनका लागि कोशेढुङ्गा हने नेपालले बताउँनु भयो ।
वरिष्ठ नेता नेपालले गरिवी अभाव र पछौटेपनलाई हटाउनु पर्ने बताउनु भएको छ ।
अव एमाले अध्यक्ष झलनाथ खनाल मात्र बोल्न बाँकी ।
अहिले नेकपा एमालेका वरिष्ठ नेताले सम्वोधन गरिहनु भएको छ ।
जनताको बहुदलीय जनवादमा एमाले प्रष्ट भइसके भन्दै ओलीले अन्य सानातिना कुरामा अल्मलिनु नहुने बताउनु भयो ।
एमालेलाई एकढिक्का बनाउनु पर्ने उहाँको भनाई छ ।
शलाई विभिन्न वाहनामा विभाजन गर्न खोजेको भन्दै नेता ओलीले आक्रोश व्यक्त गर्नुभएको छ ।
अहिले एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले सम्वोधन गरिहनु भएको छ ।
उहाँ अध्यक्षका प्रत्याशी पनि हुनुहुन्छ ।
उपाध्यक्ष वामदेव गौतमले मनतव्य सक्नुभयो ।
एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली बोल्न अझै बाँकी ।
जनताको बहुदलीय जनवादलाई दक्षिण एशियामामै प्रख्यात बनाउँने गौतमको दाबी ।
अन्तिमसम्म पनि एकताको प्रयास गर्ने नभए चुनावी प्रतिस्पर्धामा गएर भए पनि नेतृत्व छनोट गर्ने एमाले उपाध्यक्ष वामदेव गौतमको भनाई ।
उहाँ अहिले पनि सम्वोधन गरिहनु भएको छ ।
वामदेव गौतमले वर्षभित्र नयाँ संविधान दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
एमाले उपाध्यक्ष एवम् गृहमन्त्री वामदेव गौतम सम्वोधन गदै
। जननेता मदनकुमार भण्डारीले रचना गरेका गीतको सीडी सर्वजनिक गरिएको छ ।
सभामुख सुवास नेम्वाङले शुभकामना दिनु्भएको छ ।
उहाँले एकताको महाधिवेशन वनाउने कुरामा भूमिका खेल्न सबै प्रतिनिधिलाई आग्रह गर्नुभएको छ ।
काङ्ग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडयालल लिखित मनतव्य दिँदै कांग्रेस र एमालेबीच प्रतिस्पर्धा भन्दा सहमति आवश्यक भएको बताउँनु भएको छ ।
विदेशी पाहुनाको वोल्ने पालो सकिएपछि काङ्ग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडयालल लिखित मनतव्य दिँदै हुनुहुन्छ ।
भियन्तनाम कम्युनिष्ट पार्टीका नेताले हो ची मिन्हको तस्वीर झलनाथ खनाललाई हस्तान्तरण गर्दा एमाले अध्यक्ष झलनाथ खनाल मुसुक्क मुस्कुराउनु भयो ।
कम्बोडियाका, चीन, भारत, भियतनामलगायतका मुलुकका प्रतिनिधिले एमालेको महाधिवशेनमा सम्वोधन गर्नुभएको छ ।
अहिलेसम्म कुनै एमालेका नेताले वोलेका छैनन् ।
एमालेको महाधिवेशन स्थलमा विदेशी पाहुनाले नै धेरै समय खाएका छन् ।
छोटो–छोटा मन्तव्य दिए पनि धेरै वक्ता धेरै भएपछि समय धेरै खर्च भएको छ ।
अहिले भारतीय मार्कवादी पार्टीका नेता बोलिरहनु भएको छ ।
अहिले पनि सम्वोधन जारी छ । महाधिवशन स्थल बाहिरको अवस्था पनि केही सामान्य रहेको छ ।
एमाले महाधिवेशनमा सम्वोधन गर्न कमल थापाले महामन्त्री, मोहन वैद्यले उपाध्यक्ष र प्रचण्डले पनि उपाध्यक्ष नै पठाउनु भयो ।
अहिले एमाओवादी उपाध्यक्ष नारायणकाजी सम्वोधन गर्दै ।
लोकेन्द्रबहादु्र चन्द सम्वोधन गर्दै ।
आक्रोशित कार्यकर्ताको प्रदर्शन जारी ।
सम्वोधन गरे फर्किएका विदेशी पाहुनालाई पनि छाडेनन् ।
पाहुनालाई पानिको वोतल प्रहार ।
राप्रपाका पूर्व अध्यक्ष सुर्यवहादु्र थापा सम्वोधन गर्दै ।
उहाँले पनि लिखित मन्तव्य दिनुभएको छ ।
अधिकांश बक्ताहरुले लिखित मन्तव्य दिनुभएको छ ।
शुभकामना दिएपछि एमाले अध्यक्ष झलनाथ खनालले विदेशी पाहुनालाई मञ्चवाट उठेरै अँगालो मान्र्नुभयो ।
चिनियाँ कम्युनिष्ट पार्टीका चेङ झीले पनि एमाले महाधिवशेनमा शुभकामना दिनुभयो ।
भाजपा विदेश विभाग प्रमुख विजय जेलीले सम्बोधन गर्दै ।
विदेशी पाहुनाले महाधिवेशनमा सुभकामना दिने क्रम जारी
कम्बोडियाका प्रतिनिधि र रसियन कम्युनिष्ट पार्टीका प्रतिनिधिले महाधिवेशनमा सुभकामना दिनुभयो ।
एमालेका शीर्ष नेताहरु लामो समयपछि आज एकै मञ्चमा देखिनुभयो ।
विदेशी पाहुनाहरुले शुभकामना दिने वेला कार्यक्रम संचालन भीम रावलले गर्नुभयो ।
कार्यक्रममको सञ्चालन महासचिव ईश्वर पोखरेलले गरिहनु भएको छ ।
सम्वोधन सुन्नबाट समेत कार्यकर्ता वञ्चित ।
कार्यकर्ताको भिड पर्दशनी मार्गमा घटेको छैन ।
विजयकुमार गच्छदार सम्बोधन सकिएकै छैन ।
जर्नुनदिृष्टि लगाएर काम गरे संविधान बन्ने गच्छदारको सुझाव ।
राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाको सम्बोधन सकियो ।
फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार सम्बोधन गर्दै ।
उपाध्यक्ष सीपी गजुरेलले शुभकामना मनतव्य सकियो ।
राप्रपाका अध्यक्ष पशुपतिशम्शेर राणाको सम्बोधन गर्ने पालो ।
नेताहरुले छोटो–छोटो मनतव्य दिनुभएको छ ।
नेकपा–माओवादीकातर्फ बाट पनि अध्यक्ष मोहन वैद्य आउनु भएन ।
उपाध्यक्ष सीपी गजुरेलले शुभकामना दिनुभयो ।
माओवाद विचारधारालाई सिद्धान्त मान्न गजुरेलको नेताहरुलाई सुझाव ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा आउनु भएन ।
उहाँको सट्टा महामन्त्री चन्द्रबहादुर थापाले एमाले महाधिवेशनमा सम्वोधन ।
सभासदहरु सुविधाभोगी भएकाले संविधान नवनेको आरोप ।
नेकपा मालेका महासचिव सीपी मैनालीले नेकपा एमाले एकताबद्ध रुपमा नेतृत्व चयन गरेर अघि बढेको हेर्न चाहेको बताउनु भएको छ ।
राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले शुभकामना दिनुभएको छ । आठौ महाधिवेशनको संझना गराउँदै उहाँले संविधान जारी गर्न नेतालाई सुझाव दिनुभएको छ ।
महाधिवशेनको लाइभ राष्ट्रिय सभागृहबाट देखाउँने भने पनि अन्तिम समयमा आएर प्रोजेक्टरले धोका दिएपछि कार्यकर्ता निरास भएका छन् ।
उनीहरु महाधिवशेन हेर्न छाडेर भेटघाटमा व्यस्त बनेका छन् ।
हल वाहिर विरोध भए पनि एमालेको नवौं महाधिवेशन भृकुटीमण्डपमा सुरु भएको छ ।
भर्खरै शुरु एमालेको महाधिवशेन एमाले अध्यक्ष झलनाथ खनालले पानसमा बत्ती बालेर औपचारीक रुपमा उद्घाटन गर्नुभयो ।
उद्घाटनस्थलमा रोबोट हेलिकप्टरले पुष्प वर्षा गरेको छ ।
विद्यादेवी भण्डारीले शुभकामना मन्तव्य राख्नु भएको छ ।
विदेशी पाहुनालाई भिम रावलले स्वागत गर्नुभएको छ ।
सद्भावना पार्टीका राजेन्द्र महतोले शुभकामना मनतव्य राख्दै हुनुहुन्छ । सदभावनाका अध्यक्ष राजेन्द्र महतोले हिन्दीमा सम्बोधन गर्नुभयो ।
















प्रतिक्रिया