३१ आश्विन २०८३, शनिबार

एमालेको महाधिवशेन उद्घाटन आज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML

काठमाडौँ, १९ असार । नेकपा एमालेको नवौं महाविधेशन बिहीवार राजधानीमा उद्घाटन गरी शुरु हुँदैछ ।
‘शान्तिपूर्ण जनक्रान्तिको उपलब्धिलाई संस्थागत गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं’ भन्ने मूल नाराका साथ शुरु हुने महाधिवेशनको उद्घाटन दिउँसो १ बजे काठमाडौको भृकुटीमण्डपमा यन्त्र मानव अर्थात रोबोटबाट अध्यक्ष झलनाथ खनालले गर्ने कार्यक्रम छ ।

नयाँ नेतृत्व छनोटका लागि हुन लागेको यस महाधिवशेनमा मुलुकभरीबाट करिव २ हजार ३ सय २५ प्रतिनिधि सहभागी हुनेछन् ।
महाधिवेशनमा बरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली समूह प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धामा होमिएपछि महाधिवेशनको माहोल व्यापक वनेको छ ।

उद्घाटन कार्यक्रमका लागि मञ्च निर्माण, सूचना केन्द्र, प्रतिनिधि परिचय पत्र र खाना ब्यवस्थापनलागायतका काम सकिएको छ । महाविधेशनमा अत्याधुनिक सूचना प्रविधिको प्रयोग गरिने र मतदानका लागि विद्युतीय मेशिन प्रयोग गरिने छ ।

भृकुटी मण्डपमा उद्घाटन समारोह सकिएलगत्तै राष्ट्रिय सभा गृहमा बन्द सत्र गरिनेछ ।