३१ आश्विन २०८३, शनिबार

घरमा आगो लगाएर श्रीमान-श्रीमतीले नै गरे आत्महत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pyuthan_district

प्युठान, १८ असार । प्युठानको सारी गाविस–३ कोलाम्पामा घरायसी विवाद हँुदा बुधबार एक दम्पतीले आफनो घरमा आगो लगाई आफूले पनि आत्महत्या गरेका छन् ।

चवन्न वर्षीय शिवराम राउत र ५० वर्षीया छुमा राउतले आपसी विवादमा घरमा आगो लगाई घरभित्र नै झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

श्रीमती छुमाको केही वर्षदेखि मानसिक सन्तुलन असामान्य भएको र श्रीमान् शिवरामले अत्यधिक मदिरा सेवन गर्ने गरेको स्थानीय सुरज विकले जानकारी दिनुभयो । घरमा आगो लागेपछि स्थानीयले आगो निभाउने क्रममा दम्पतीलाई मृत अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान जारी रहेको भन्दै प्रहरी प्रमुख दीपक रेग्मीले अहिलेसम्म घरायसी विवादको कारण घटना भएको पाइएको बताउनुभयो । राउत दम्पतीका छोरा मैते राउत रोजगारीको सिलसिलामा भारतमा हुनुहुन्छ । घरमा बुहारी मिनी र उहाँको छोरासहित दम्पती परिवार रहने भए पनि बुहारी माइत गएको समयमा घटना भएको स्थानीय कमला सुवेदीले बताउनुभयो ।