३१ आश्विन २०८३, शनिबार

यसरी सम्झियो गिरिजाबाबुलाई

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

girija-prasad-koirala-3

काठमाडौँ, १८ असार । २०६२–६३ सालको ऐतिहासिक जनआन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको ९१ औं जन्मजयन्ती बुधवार विविध कार्यक्रम गरी मनाइएको छ ।

जन्म जयन्तीका अवसरमा जिपी चिन्तन प्रतिष्ठानले विविध कार्यक्रम गरी कोइरालाको योगदानको स्मरण गरेको छ । पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालिन सभापति समेत रहन् भएका कोइरालाको जन्म १९८१ साल असार १८ गते भारतको विहारस्थित सहर्सा जिल्लामा भएको थियो ।

२०४६ सालको परिवर्तनपछि पटक–पटक प्रधानमन्त्री बन्नु भएका कोइरालाले शसस्त्र युद्ध गरिरहेको तत्कालिन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन महत्वपूर्ण भूमिका खेल्नु भएको थियो ।
मुलकमा गणतन्त्र स्थापनाका लागि पनि उहाँले उल्लेख्य भूमिका खेल्नु भएको थियो ।

नेपालको राजनीतिमा शीर्ष व्यक्तित्वको छवि बनाउनु भएका कोइरालाको २०६६ साल चैत्र ७ गतेका दिन ८७ वर्षको उमेरमा निधन भएको थियो ।