काठमाडौं, १८ असार । नेकपा एमालेको महाधिवेशन उद्घाटन हुने अघिल्लो दिन एमाले संसदीय दलका नेता केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुबै समूहले आ–आफ्नो पकड बलियो भएको देखाउँन छुट्टाछुट्टै भेला गरेका छन् ।
संसदीय दलका नेता ओली निकट समूहले बागवजारको एक होटलमा पत्रकार भेटघाट आयोजना ग¥यो । उपाध्यक्ष विद्यादेवी भण्डारी, प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीलयतका नेताको उपस्थिति रहेको सो भेटघाटमा नेकपा एमालेका भूगोल र अन्यसहित १ सय ९ जिल्ला अध्यक्ष मध्ये ५२ जनाले केपी ओलीलाई अध्यक्ष बनाउने पक्षमा उभिएका थिए ।
बुधवार भएको सो भेटघाटमा उपत्यका र प्रवास सहित १६ अञ्चलका इन्चार्जहरुमध्ये ११ जना ओलीतिर खुले । त्यसैगरी १२ अञ्चल सचिवले पनि ओलीलाई अध्यक्ष बनाउन सहमति जनाए ।
भेलामा ओलीतिर कोशीका राजेन्द्र गौतम, सगरमाथाका धर्मनाथ साह, जनकपुरका केशव देवकोटा, नारायणीका काशिनाथ अधिकारी, धौलागिरीका गणेश तिम्सिना, लुम्बिनीका नेत्र पन्थी, गण्डकीका खगराज अधिकारी, भेरीका देवराज भार, कर्णालीका गोरखवहादुर बोगटी र सेतीका भानुभक्त जोशीसहितका अञ्चल इन्चार्जहरु छन् ।
















प्रतिक्रिया