३१ आश्विन २०८३, शनिबार

एमाले केन्द्रीय सदस्यमा विष्टको उम्मेदवारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gagan-Bista

काठमाडौं, १७ असार । नेकपा एमालेको केन्द्रीय सदस्यमा प्रेस चौतारी नेपालका निवर्तमान अध्यक्ष गगन विष्ट उम्मेद्वारी घोषणा गरिएको छ ।

प्रेस चौतारी काठमाडौंले गरेको कार्यक्रममा प्रेस चौतारी नेपालका महासचिव माधव नेपालले चौतारीका तर्फबाट विष्टको उम्मेदवारी घोषणा गर्नुभयो ।

‘चौतारीलाई नेपाल पत्रकार महासंघमा जिताउन ६० बर्षको इतिहास तोड्न ऐतिहासिक भूमिका खेलेकाले उहाँलाई उम्मेदवारी बनाउने भएका छौं ।’– नेपालले उम्मेदवारी घोषणा गर्दै भन्नुभयो ।

दुई दशकदेखि पत्रकारितामा क्रियाशिल विष्ट प्रेस चौतारीका सल्लाहकार एवं एमाले केन्द्रीय प्रचार विभागका सदस्य हुनुहुन्छ ।

देशभरका शुभचिन्तक र प्रेस चौतारीका अगुवाहरुको दबाबमा उम्मेदवार बन्न लागेको विष्टले बताउनुभयो । एमालेको नेतृत्वमा रहेर संचार क्षेत्रमार्फत देश र राष्ट्रलाई योगदान पु¥याउन आफूले उम्मेदवारी दिन लागेको उहाँले बताउनुभयो ।