३१ आश्विन २०८३, शनिबार

परराष्ट्रमन्त्री पाण्डे भन्छन् – ‘एमालेमा गालीगलौज धेरै भयो’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahendra-pandeyकाठमाडौँ, १४ असार । परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेकपा (एमाले) को नवौँ राष्ट्रिय महाविधेशनबाट सबैलाई मिलाएर लैजान सक्ने नेतृत्व चयन हुनुपर्ने बताउनुभएको छ ।

राष्ट्रसेवक समाज नुवाकोटले राजधानीमा गरेको भेटघाट कार्यक्रममा उहाँले पार्टीभित्र नयाँ नेतृत्व चयन गर्न एकअर्काबीच प्रतिस्पर्धा हुनु स्वभाविक हो तर एकआपसमा गालीगलौज नगरीकन सहमतिका साथ नयाँ नेतृत्व चयन गर्नुपर्नेमा जोड दिनुभयो । पार्टी भित्र गालीगलौज बढेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

नेकपा (एमाले)का पोलिटब्युरो सदस्यसमेत रहनुभएका मन्त्री पाण्डेले पार्टीको विचार र सिद्धान्तलाई बुझ्न सक्ने र मुलुकको समृद्धिका लागि काम गर्न सक्ने नेतृत्व आवश्यक छ भन्नुभयो ।

मन्त्री पाण्डेले माक्र्सवादी, लेलिनवादी र जनताको बहुदलीय जनवाद (जवज) को मार्गदर्शन सिद्धान्तअनुसार पार्टीले नीति र कार्यक्रम ल्याउने र त्यसले राष्ट्रलाई समुन्नत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पाण्डेले पार्टीमा युवाको क्रियाशीलता र लगनशीलता बढ्दै गएकाले उनीहरुलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवश्यकता भएको भन्दै पार्टीमा थुप्रै नेतृत्व गर्न सक्ने युवा भएको दाबी गर्नुभयो ।