काठमाडौँ, १४ असार । नेकपा एमालेका महाधिवेशन आउन केही दिनमात्रै बाँकी रहँदा अध्यक्षका आकाँक्षीहरु प्रतिनिधिलाई आफ्नो पक्षमा तान्ने अभियानमा लागेका छन् ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र संसदीय दलका नेता केपी शर्मा ओली समूहले पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिलाई बेग्लाबेग्लै भेला गराई सम्बोधन गर्ने कार्यक्रम तय गरेका हुन् ।
वरिष्ठ नेता नेपालले शनिवार दिउँसो ३ बजेबाट बुद्धनगरमा आफ्ना पक्षका प्रतिनिधिको भेला बोलाएका छन् । नेता ओलीले भने आइतबार मदन भण्डारी मेमोरियल फाउन्डेसनको व्यानरमा ‘नवौँं महाधिवेशन र नेतृत्व हस्तान्तरण’ विषयक विचार गोष्ठी गरेर प्रतिनिधि तथा कार्यकर्तालाई सम्बोधन गर्ने कार्यक्रम तय गरेका छन् ।
महाधिवेशन प्रतिनिधि काठमाडौँ आउने क्रम सुरु भएपछि दुवै पक्षले भेला, भेटघाट र प्रचार कार्यलाई तीव्रता दिएका हुन् ।
















प्रतिक्रिया