१ कार्तिक २०८३, शनिबार

इराकमा अपहरणमा परेका चार नेपाली सकुशल मुक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

iraq-map

काठमाडौं, ६ असार । इराकमा सुन्नी विद्रोहीको अपहरणमा परेका चार नेपाली सकुशल मुक्त भएका छन् ।

इराकी विद्रोही समूहको अपहरणमा परेका चार जनासहित ४८ जना विदेशी मजदुर सकुशल मुक्त भएको पाकिस्तानका लागि नेपाली राजदूत भरतराज पौड्यालले जानकारी दिनुभयो । उनीहरु चार दिन अघि उनीहरुलाई इराकी विद्रोही समूहले टिक्रिक सहर नजिकबाट अपहरण गरेका थिए ।

अपहरण मुक्त भएका नेपालीलाई छिट्टै स्वदेश फर्काउने तयारी भइरहेको राजदूत पौड्यालले जानकारी दिनुभयो । सुरक्षाका कारण अपहरणमा परेका नेपालीको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन ।