२९ आश्विन २०८३, बिहिबार

यसरी हुँदैछ प्रधानमन्त्रीको स्वास्थ्य उपचार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koirala

काठमाडौं ५ असार । प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्य परीक्षण आजदेखि सुरु हुँदैछ ।

फोक्सोमा क्यान्सर जस्तो दाग देखिएपछि उपचारका लागि ३ गते राति अमेरिका जानुभएका कोइरालाको अमेरिकाको म्यानहाटस्थित मेमोरियल सोलन केटरिङ क्यान्सर सेन्टरमा उपचार हुन लागेको हो । कोइरालाको फोक्सोमा देखिएको दागका विषयमा परीक्षण हुने उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री कोइरालाको स्वास्थ्य जाँचका क्रममा फोक्सोमा दाग देखिएपछि चिकित्सकको टोलीले विदेशमा उपचारका लागि सिफारिस गरेको थियो । प्रधानमन्त्री कोइरालाका साथ उहाँका निजी चिकित्सक प्राध्यापक डाक्टर करविरनाथ योगी, नातेदार मृदुला कोइराला र अतुल कोइराला, कर्णेल प्रकाश देउजा सहभागी हुनुहुन्छ । केही वर्षअघि कोइरालाको जिब्रोको क्यान्सरको उपचारमा पनि त्यसै अस्पतालमा गरिएको थियो ।