२९ आश्विन २०८३, बिहिबार

एमालेमा गुटगत भेलाको औचित्यता छैन: खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ZOM_9167

काठमाडौं, २ असार । नेकपा एमालेका एमाले अध्यक्ष झलनाथ खनालले नवौँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीमा देखिएको गुटबन्दीप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

दैनिक नेपाल डटकमले सोमबार राजधानीमा गरेको कार्यक्रममा अध्यक्ष खनालले विचार, सिद्धान्त र नीतिमा एक रहेको पार्टीमा अलग समूह बनाएर छलफल गर्न जरुरी नरहेको बताउनुभयो । ‘एमाले विचार, सिद्धान्त र नीतिमा एक छ’, खनालले भन्नुभयो, ‘एकताबद्ध रहेको पार्टीमा अलग गुट बनाएर छलफल गर्नुको औचित्य र आवश्यकता छैन ।’

पार्टी कार्यकर्तामा हाम्रो नेता नभई मेरो नेता भन्ने संस्कार देखा परेको भन्दै उहाँले भन्नुभयो, ‘मेरो नेता, हाम्रो समूहको नेता, हाम्रो समूहको अध्यक्ष भन्ने होइन, ‘मेरो पार्टीको नेता, एमालेको नेता भन्ने बानी बसाल्नुपर्‍यो ।

खनालले पदका लागि मरिहत्ते नगर्न नेताहरुलाई आग्रह समेत गर्नुभयो । २०५४ सालमा एमाले कमजोर हुँदा मुलुकमा राजा ज्ञानेन्द्रले निरंकुशतन्त्र थोपरेको र माओवादी उग्रवमापन्थ हाबी भएको उनको भनाइ थियो ।

आफ्नो कार्यकालमा एमालेलाई दोब्बर ठूलो पार्टी बनाएको उहाँले बताउनुभयो । अध्यक्ष खनालले पार्टीमा सहमति र एकताका लागि अपिल समेत गर्नुभयो ।