२९ आश्विन २०८३, बिहिबार

श्रीमती अपहरण गर्ने लोग्ने प्रहरी फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

handcuff_arrest

रौतहट, १ असार । आफ्नै श्रीमती अपरहण गर्न खोज्ने रौतहटका एक व्यक्ति प्रहरीको फान्दामा परेका छन् ।

रौतहटको रङ्गपुर गाउं विकास समिति वडा नम्बर ५ नयांबस्तिका नवलकिसोर प्रसाद साह पक्राउ परेका हुन् । उनी श्रीमती अपरहण गर्न लागेको आरोपमा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

भारतीय जीपमा आएका साह सहितको समुहले आफ्नै घरमा बसेकी जेठी श्रीमती भिखौनिया देबीलाई अपहरण गर्न लागेका वेला प्रह्रीले पक्राउ गरेको हो । भिखौनिया देबीलाई अपहरण गरी लाने क्रममा स्थानीयबासिन्दाले साहलाई नियन्त्रणमा लिएपछि स्थानीयको सहयोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले साह सहित उनका बुवा अनुठा साह, चालक शेष जबर र जीप पनि नियन्त्रणमा लिएको छ।

पक्राउ गर्न आएका अन्य दुई जना भने फरार छन् । दोस्रो बिबाह गरेका साहले यस अघि पनि भिखौनिया देबीलाई पटक पटक घर निकाला गर्न खोजेको थिए । प्रहरी नियन्त्रणमा रहेका साहका बारेमा अहिले अनुसन्धान भइरहको छ ।