आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

क्रिकेटरसँग हिरोइनको लभ

दैनिक नेपाल २०७१ जेठ ३१ गते १४:३४

Nisha-with-sarad

नायिका निशा अधिकारी र क्रिकेटर सरद भेषवाकरबीचको प्रेमबारे चर्चा चल्न थालेको छ ।

सार्वजनिक समारोहमा समेत यी जोडी पटकपटक सँगै देखिन थालेपछि उनीहरुबीच प्रेमसम्बन्ध रहेको चर्चा चल्न थालेको हो ।

यी दुई धु्रबका पात्रहरु एउटै ठाउँमा देखिन थालेपछि उनीहरुको सम्बन्धबारे बिभिन्न सञ्चारमाध्यममा समाचार आउन थालेका छन् ।

हालै विश्वकप क्रिकेटको छनौट खेलमा शरदले राम्रो प्रदर्शन गरेपछि निशाले शरदलाई फेसबुकमार्फत बधाई र शुभकामना दिएकी थिईन् ।

क्रिकेट खेलेर नेपाल फर्किएपछि शरद पनि निशासंग बिभिन्न कार्यक्रममा संगै देखा परेपछि यी दुईबिचको सम्बन्धले धेरै चर्चा पाउन थालेको मानिन्छ ।

उनीहरु बिहिबार साँझ मुखौटा चलचित्रको प्रिमियर शो मा पनि सँगै देखिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित