२९ आश्विन २०८३, बिहिबार

जन्मदिनको अवसरमा मृत्युपछि शरीर दान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

surkhet_district_Map

सुर्खेत, ३१ जेठ । पश्चिम नेपालमै पहिलो पटक मृत्युपश्चात शरीर दान गर्ने प्रक्रिया थालेका यहाँका दुई व्यक्ति सफल हुनुभएको छ ।

अवलचिङ गाविसका जनकप्रसाद उपाध्याय र वीरेन्द्रनगर–७ सुर्खेतकी जानकी थापा लामो समयपश्चात शरीर दानको परिचयपत्र हात पार्न सफल हुनुभएको हो ।

अवलचिङको भैरव उच्च माध्यमिक विद्यालयमा अध्यापन गर्ने उपाध्यायले आफ्नी छोरी यामाको जन्मदिनको अवसर पारेर शरीर दानको औपचारिक घोषणा गर्नुभएको हो ।

त्यस्तै जिल्ला विकास समितिअन्तर्गत स्थानीय सुशासन तथा सामुदायिक विकास कार्यक्रम (एलजिसिडिपी) मा काम गर्ने थापाले पनि त्यसै अवसरमा घोषणा गर्नुभएको हो ।

मानिसको मृत्युपछि पनि सामाजिक सेवालाई निरन्तरता दिने हेतुले शरीर दान गर्न कानुनी प्रक्रिया पु¥याएका उहाँहरूले बताउनुभयो।

विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट थापाले नेपालभरकै ७१ औँ र उपाध्यायले ७२ औँ स्थानमा प्रमाणपत्र प्राप्त गर्नुभएको हो ।

नेपालमा स्वास्थ्य तथा विज्ञानसम्बन्धी प्रयोगशाला प्रभावकारी बन्न नसकेका तथा विद्यार्थीहरूको चाहनाअनुसार पठनपाठन हुन नसकेकाले यस्तो गरिएको उपाध्यायले बताउनुभयो ।

सदरमुकाम वीरेन्द्रनगरमा शुक्रबार गरिएको पत्रकार सम्मेलनमा शिक्षक उपाध्यायकी छोरी यामाले आफ्नो जन्म दिनको दिन सामाजिक, धार्मिक र शैक्षिक विकासका लागि गर्न लागेको यस्तो कार्यले आफूलाई गौरव महसुस भएको प्रतिक्रिया दिनुभयो ।