अभिनेत्री ऋचा शर्मा जर्मनीको फ्यान हुन्। ‘मैले वर्ल्डकप हेर्न थालेदेखि नै जर्मनीको पक्षमा रहेँ,’ कारण खुलाउँदै उनी भन्छिन्, ‘खासमा मेरो घरपरिवारमा दिदी जर्मनीको पक्षमा रहेकाले मलाई पनि त्यही प्रभाव परेको हुनसक्छ।’ ऋचालाई मन पर्ने खेलाडी जर्मनीका पूर्वकप्तान माइकल बलाम हुन्।
अभिनेत्री आशिष्मा नकर्मी स्पेनको पक्षमा छिन्। भन्छिन्, ‘मलाई स्पेनको खेलशैली मन पर्छ।
त्यसैले यसपटकको विश्वकपमा पनि म स्पेनकै पक्षमा छु।’ उनको दोस्रो रोजाइमा पर्छ ब्राजिल। फुटबलका बारेमा सुनेदेखि नै ब्राजिलको नाम सुनेको र रोनाल्डो मन पर्ने खेलाडी भएकाले ब्राजिल आफ्नो दोस्रो रोजाइमा पर्ने उनको भनाइ छ।














प्रतिक्रिया