बिहीबार, २८ कार्तिक २०७६
DainikNepal.com
बिहीबार, २८ कार्तिक २०७६

सेक्स कमेडी मन नपराउने सेक्सी नायिका

दैनिक नेपाल २०७१ जेठ २९ गते १६:४४

Isha1

मानिसको व्यवहार उसको लवाईखवाईले नै थाहा हुन्छ भन्ने कतिपयको बुझाई छ । कतिपय मानिस भन्ने गर्छन् आँ गर्दा अलंकार बुझिन्छ । यस्तै भएको छ एक नायिकाको बोली र उनको आवरणले ।

‘हमशकल्स’ मा खेल्नुभन्दा पहिले बलिउड नायिका इशा गुप्ताले आफूलाई सेक्स कमेडी मन नपराउने बताएकी थिइन् । उनको यहि भनाईले मिडियामा निकै तहल्का पनि मच्चाएको थियो । तर यहि इशालाई ठूलो पर्दामा बिकिनी र किसिङ सिन गर्न कुनै अप्ठेरो लाग्दैन ।

फिल्म ‘जन्नत २’बाट फिल्म क्षेत्रमा पाइला टेकेकी इशाले फिल्मका हिरो इमरान हाशमीसँग लामो किसिङ सिन दिइन् र यति मात्र होइन फिल्म ‘राज ३’ मा उनको अंगप्रदशनको अगाडि सेक्सी बिपाशा बसु’ पनि फिक्का भइन् ।

साजिद खानको फिल्म ‘हमशकल्स’ बाट सफलताको सपना देखिरहेकी पूर्व मिस इन्डिया ईशा गुप्ताले केहि समय पहिले आफू सेक्सी र हट फिल्मको लागि नबनेको बताएकी थिइन् ।

भर्खरै लिइएको एक अन्तर्वातामा इशाले आफू जहिले पनि भट्ट क्याम्पमा काम गर्न लालायित भएको पनि बताइन् । ‘सेक्सजस्तो गम्भिर मुद्दालाई मानिसहरु कसरी मजाक बनाउँछन्, त्यो मैले बुझ्न सकिनँ’, भन्छिन् इशा । ‘त्यसकारण मलाई ग्राण्ड मस्तीजस्तो फिल्मले सफलतामा पाएकोमा अचम्म लाग्छ । म इमोशनल, रोमान्टिक, हेल्दी कमेडी फिल्म गर्न मनपराउँछु ।’ उनले भनेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित