२९ आश्विन २०८३, बिहिबार

पौडेललाई कार्यबाहक प्रधानमन्त्री बनाउने तयारीप्रति गौतम असन्तुष्ट, सरकार ढल्ने चेतावनी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bamdev-gautam

दाङ, २९ जेठ । उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले काँग्रेस उपसभापति रामचन्द्र पौडेललाई कार्यबाहक प्रधानमन्त्री बनाउने प्रधानमन्त्री सुशील कोइरालाको तयारीप्रति असन्तुष्टि जनाउनुभएको छ ।

प्रेस चौतारीले बिहीबार दाङको तुलसीपुरमा गरेको पत्रकार सम्मेलनमा उपप्रधान एवं गृहमन्त्री गौतमले सरकार गठनका क्रममा भएको सहमति अनुसार आफूले नै कार्यबाहक प्रधानमन्त्री पाउनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, सरकार निर्माणका समयमा कांग्रेस(एमालेबीच भएको सहमति कसैले तोड्यो भने सरकार अघि चल्न सक्दैन । कतैबाट सहमति विथोल्ने प्रयास भए सरकार ढल्छ ।’

वर्तमान सरकारको मूख्य घटक नेकपा एमाले भएको भन्दै उहाँले सहमति भाँँड्ने दुस्प्रयास नगर्न चेतावनी पनि दिनुभयो ।
गौतमले आफू गृहमन्त्री भएपछि मुलुकमा शान्ति सुरक्षा मजवुत भएको दाबी पनि गर्नुभयो ।

एमाले उपाध्यक्ष समेत रहेका गौतमले ९ औं महाधिवेशनबाट संसदीय दलका नेता केपी शर्मा ओली नै अध्यक्षमा निर्वाचित हुने दावी पनि गर्नुभयो ।