२९ आश्विन २०८३, बिहिबार

प्रचण्डलाई को-को एमाले नेताले दिए धोका ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda

रामकृष्ण ज्ञवाली 

पोखरा, २९ जेठ । एमाओवादी अध्यक्ष प्रचण्डले यस पटकको एमालेको महाधिवेशनमा आफू तटस्थ बस्ने बताएका छन् ।

विगतमा आफुले सहयोग गरेका एमाले नेताहरुले ठूलो धोका दिएकाले यसपटक कसैलाई सहयोग नगर्ने उनको भनाइ छ ।

क्रान्तिकारी पत्रकार संघ कास्कीले आयोजना गरेको पत्राकर सम्मेलनमा बोल्दै प्रचण्डले विगतमा झलनाथ खनाललाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउन आफूले सहयोग गरेको तर उनैबाट ठूलो धोका पाएको स्मरण गरे । त्यस्तै २–२ ठाउँबाट हारेका माधवकुमार नेपाललाई सभासद बनाए पनि पछि उनैले आफूलाई समाप्त गर्न खोजेको आरोप पनि प्रचण्डले लगाए ।

असार १९ बाट काठमाडौंमा हुने एमालेको नवौं महाधिवेशनमा अध्यक्षका लागि माधवकुमार नेपाल र केपी ओली भिड्दैछन् । आठौं महाधिवेशनमा ओलीलाई हराउन भूमिका खेलेको दाबी गर्ने प्रचण्डले यसपटक कसैको पक्ष र विपक्षमा नलाग्ने बताएका हुन ।