३१ आश्विन २०८३, शनिबार

फ्रान्समा रेल सेवा आन्दोलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Train– एएफपी

पेरिस, २८ जेठ । फ्रान्समा रेल सेवाका कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि बुधबार त्यहाँको रेल सेवा अस्तव्यस्त भएको समाचार छ ।

मङ्गलबार साँझदेखि उनीहरूले रेल सेवा नचलाउने बताएका छन् । रेल सेवा २४ घन्टासम्म बन्द गर्ने उनीहरुको निर्णयपछि सो सेवा अस्तव्यस्त भएको बताइएको छ ।

रेल सेवामा गर्नुपर्ने सुधारका साथै कर्मचारीहरुको सुविधाका विषयलाई लिएर रेलमा आन्दोलन गरिएको छ । सो आन्दोलनमा ट्रेड युनियनहरुको समर्थन रहेको छ ।

आन्दोलनका कारण फ्रान्स र अर्काे देशमा समेत जानुपर्ने रेल सेवामा प्रभाव परेको छ । मङ्गलबार साँझदेखि मात्र आन्दोलन सुरु गरिएकोले यसको प्रमुख असर बुधबार देखिने बताइएको छ ।

फ्रान्सका रेल सेवासम्बन्धी मन्त्रीले गत हप्तामात्र फ्रान्सको रेलसेवा हालैका दिनमा ऋणमा डुबेको भनी संसदमा प्रस्तुत गरेको वर्तमान अवस्थापछि मङ्गलबार सो सेवाका कर्मचरीले आन्दोलनको घोषणा गरेका हन् ।

सेवामा सुधारका लागि प्रभावकारी कार्यक्रमहरु ल्याउन ट्रेड युनियनहरुले माग गरेका छन् । उनीहरुले विगतदेखि नै आफूहरुले सो माग राखेको भए पनि सरकारले वास्ता नगरेको उनीहरुको भनाई छ ।