२८ आश्विन २०८३, बुधबार

चर्चामा जी टिभीकी तेरिया मगर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

teriya_magar

भैरहवा, २७ जेठ । भारतको जी टिभीमा प्रशारण हुने डान्स इन्डिया डान्स (डिआइडी) लिटिल मास्टर्सको अन्तिम पाँचमा छनोट हुन सफल रुपन्देहीकी तेरिया फौजा मगर अहिले निकै चर्चामा रहेकी छिन् ।

धेरै जसो जी टिभी हेर्नै तेरिया एक दिन जी टिभीमा गएर नृत्य गर्नै अठोट लिएकी तेरियालाई यहाँसम्म पुराउन उनका हजुरबुबा कृष्णबहादुर फौजा मगरको ठूलो योगदान रहेको छ ।

हजुरबुबाले तेरियालाई नृत्य सिकाउन घरबाट बागेश्वरी सङ्गीतालय बुटबलसम्म ल्याउने गर्दथे । तेरियाका गुरु एवम् बागेश्वरी सङ्गीतालयका प्रमुख सुरेश सेन्चुरीले तेरिया बहु प्रतिभाशाली बालिका भएको बताउँदै भारतजस्तो ठूलो मुलुकमा गएर नृत्य गरेर सबैको मन जित्दै उत्कृत्ट पाँच स्थानमा पुग्नु नेपालकै गौरबको कुरा भएको बताउनुभयो ।

विसं २०६७ मा इको जापानिज कम्पनीले लुम्बिनीमा आयोजना गरेको डान्सिङ अडिसनमा तेरिया पाँच नम्बर परेकी थिइन् ।

लुम्बिनीबाट सहभागी पाँचजना सहभागी भएकोमा उनलाई काठमाडाँै अडिसनको लागि बोलाइयो । काठमाडाँैमा उनी प्रथम भएर एक लाख रुपैंया जितिन् ।

एक लाख जितेपछि तेरियाको परिवारले जी टिभीद्वारा आयोजित सो कार्यक्रममा सहभागी गराएको थियो ।

विसं २०५९ साउनमा जन्मिएकी तेरिया रुद्रपुरको पिसल्यान्ड बोर्डिड स्कुलमा कक्षा ६ मा अध्ययनरत छिन् ।

प्रतियोगितामा अन्तिम पाँचमा छनोट भएपछि गत साता स्वदेश फर्किएकी उनलाई बिहीबार रुपन्देहीमा भव्य स्वागत गरिएको थियो ।

डिआइडी लिटिल मास्टर्सको उपाधि विजेताले ५० लाख भारु र कारलगायतका थुप्रै उपहार प्राप्त गर्नेछन् ।