२९ आश्विन २०८३, बिहिबार

ओलीलाई माधवको सुझाव- ‘स्वास्थ्य ठीक छैन, राष्ट्रपति वा प्रधानमन्त्री बन्नुस’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

madhav-nepal

पोखरा, २७ जेठ । नेकपा एमालेको अध्यक्षका प्रत्यासी माधवकुमार नेपालले अर्का प्रत्यासी केपी शर्मा ओलीलाई राष्ट्रपति वा प्रधानमन्त्री बन्न सुझाव दिनुभएको छ ।

प्रेस चौतारी कास्कीले मंगलबार पोखरामा गरेको पत्रकार सम्मेलनमा बोल्दै एमाले वरिष्ठ नेता नेपालले एमाले संसदीय दलका नेता समेत रहेका ओलीलाई स्वास्थ्यको ख्याल गर्दै अध्यक्षमा नलड्न सुझाव दिनुभएको हो ।

‘स्वास्थ्यका कारण ओलीजीलाई पार्टीको झमेला भन्दा राष्ट्रपति वा प्रधानमन्त्री बन्न सुझाव दिन्छु’- उहाँले भन्नुभयो ।

नेता नेपालले युवाहरुको मागले नै आफूले अध्यक्षको उम्मेद्वारी दिन लागेको बताउनुभयो । युवाहरु अध्यक्षको उम्मेद्वार बन्न आए आफू छाड्न तयार रहेको उहाँको प्रस्टोक्ति थियो । पदका लागि कसैसँग हात नफैलाएको दाबी गर्दै नेता नेपालले अहिले पनि कसैसँग नझुक्ने बताउनुभयो ।

नेता नेपालले सोमबारको घोषणासभामा ओलीले लगाएको युद्धको ऐलानको खण्डन गर्दै आफैले अहिलेसम्म अध्यक्षको उमेद्वारी घोषणा नगरेको दाबी गर्नुभयो । ‘इतिहास पल्टाएर हेरे हुन्छ पहिले कस्ले अध्यक्षको उम्मेद्वारी घोषणा गरेको हो । अस्पतालमा भर्ना हुँदा उम्मेदवारी घोषणा गर्ने उहाँहरु नै हो ।’- उहाँले भन्नुभयो ।

नेता नेपालले ओलीले नेतृत्वका लागी सत्ताको दुरुपयोग गरिरहेको आरोप समेत लगाउनु भयो । सरकारको कुर्सीमा बसेर ओली पक्षीय मन्त्रीहरुले पैसा र पदको लोभ देखाएर भोट मागेको भन्दै उहाँले भन्नुभयो, ‘पदमा बसेर कार्यकतालाई पैसा, पद र आश्वासन बाँडेर भोट माग्ने काम भएको छ, त्यो कार्य तत्काल बन्द हुनुपर्छ ।