३० आश्विन २०८३, शुक्रबार

होल सञ्चालकका हत्या आरोपी पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

pakrau-final-policeकाठमाडौं, २६ जेठ । सोलुखुम्बुको चौरीखर्क गाविस वडा नम्बर ५, थाक्दिनका होटल सञ्चालकको हत्या गरी फरार तीन जना अभियुक्तलाई केन्द्रीय अनुन्धान ब्यूरो (सीआइबी) ले पक्राउ गरेको छ ।

उनीहरुले गत माघ १९ गते राति स्टार लजका ५३ वर्षीय ग्याल्जेन शेर्पालाई गोली प्रहरी गरी हत्या गरेका थिए । पक्राउ पर्ने मा बारा पर्साेनी–९, नौतनका २१ वर्षीय अवदेशप्रसाद यादव, भोडाहा–२, सगरदिनाका २२ वर्षीय सोनालाल गिरी र भोडाहा–७, मटेरिया का ३१ वर्षीय सोमलाल राम छन् ।

उनीहरु सबैलाई बाराको विभिन्न स्थानबाट सीआइबीले आइतबार पक्राउ गरेको प्रहरी उपरीक्षक पिताम्बर अधिकारीले जनकारी दिए ।

होटल सञ्चालक शेर्पालाई पेस्तोल देखाइ रकम लुट्ने क्रममा रमक नपाएपछि हत्या गरेको प्रहरीको भनाइ छ । अभियुक्तका साथबाट प्रहरीले तीनथान पेस्तोल पनि बरामद गरेको छ ।