३० आश्विन २०८३, शुक्रबार

पोखराबाट काठमाडौं आउँदै गरेको बस ट्रकसँग ठोक्कियो, २८ घाइते, तीनको अवस्था गम्भीर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwan-jilla-map

चितवन, २६ जेठ । मुग्लिन मलेखु सडकखण्डअन्तर्गत चितवनको दारेचोक चुम्लिङटारमा आज बिहान बस र ट्रक ठोक्किएर भएको दुर्घटनामा २८ यात्रु घाइते भएका छन् ।

तीन यात्रुको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

पोखराबाट काठमाडाँै जाँदै गरेको ना४ख ६७८ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ना४ख १००८ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएकाको अहिले चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

घाइतेमध्ये कास्की लेखनाथ नगरपालिकाकी २२ वर्षीया मेनुका भण्डारी, सोही ठाउँका २६ वर्षीय प्रकाश पौडेल र ट्रकका सहचालक नवलपरासीका २५ वर्षीय विष्णु क्षेत्रीको टाउकोमा गहिरो चोट लागेकाले अवस्था गम्भीर रहेका छन् ।

गाडी साइड दिने क्रममा बाटो साँघुरो भएर चेपिएको अनुमान प्रहरीको छ । ट्रकका चालक भने अहिलेसम्म सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।