आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव बिहीबारदेखि काठमाडौंमा

दैनिक नेपाल २०७१ जेठ २५ गते १६:४२

film-festival-IF

काठमाडौँ, २५ जेठ । आठौँ नेपाल अन्तर्राष्ट्रिय आदिवासी चलचित्र महोत्सव, २०७१ यही जेठ २९ गतेदेखि सुरु हुने भएको छ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा जेठ ३१ गतेसम्म सञ्चालन हुने महोत्सवलाई इन्डिजिनियस फिल्म अर्काइभ (आइफा) ले आयोजना गरेको हो । महोत्सवमा आदिवासी जनजातिसम्बन्धी विश्वका सबै विषयवस्तुको चलचित्र, छोटा चलचित्र, वृत्तचित्र, एनिमेसन एवम् म्युजिक भिडियोलाई खुला गरिएको छ ।

सोअन्तर्गत यस पटक अन्तर्राष्ट्रिय क्षेत्रबाट २७ देशका १०३ चलचित्र प्राप्त भएका छन् । तीमध्ये १८ देशका ३६ लामा चलचित्र महोत्सवका लागि चयन गरिएको छ । नेपालबाट १३ जातिजनजातिका २७ छोटा, लामा चलचित्र, वृत्तचित्र एवम् म्युजिक भिडियो महोत्सवमा राखिने छन् ।

महोत्सवका संयोजक सञ्जोग लाफा मगरले महोत्सव ल्याटिन अमेरिकी सिनेमा केन्द्रित हुने बताउनुभयो । अन्तर्राष्ट्रिय चलचित्रबीच हुने प्रतिस्पर्धामा उत्कृष्टले ‘गोल्डेन ड्रम’, द्वितीयले ‘सिल्भर ड्रम’, तृतीय र जुरी अवार्ड प्राप्त चलचित्रले ‘ब्रन्ज ड्रम’ प्राप्त गर्नेछन् । नेपाली पानोरमा चलचित्रअन्तर्गत उत्कृष्ट हुनेले पनि नगद र प्रमाणपत्र प्राप्त गर्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित