३० आश्विन २०८३, शुक्रबार

खोटाङ कांग्रेसका सभापति हटाउन धर्ना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bhupendra-Raiकाठमाडौं, २५ जेठ । नेपाली कांग्रेसका केन्द्रीय कार्यालय सानेपामा खोटाङ जिल्ला सभापति विष्णुकुमार राईको बर्खास्त मागसहित आमरण अनशन सुरू भएको छ ।

जिल्ला सदस्य भुपेन्द्र राईले आजदेखि आमरण अनशन थालेका हुन् ।

जिल्ला सभापति राईले विधान विपरित क्षेत्रीय सभापति चयन गरेको भन्दै राईले अनशन गरेको बताए । राईले असंवैधानिक कार्य सच्याउन र गल्ती गर्ने सभापतिलाई बर्खास्तको माग राखेको बताए ।

यसअघि महासमिति सदस्य तथा पूर्वमन्त्री शिवकुमार बस्नेतसहितको टोलीले धर्ना दिएका थिए । धर्ना दिएपछि पनि माग पूरा नभएकाले अनशन थालेको राईको भनाइ छ ।