२९ आश्विन २०८३, बिहिबार

युथ फोर्स र तरुण दल झगडा: प्रहरी कार्यालयमा रातभर तनाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gorkha_district-Map

गोरखा, २५ जेठ । जिल्ला प्रहरी कार्यालय गोरखामा शनिबार रातभरी तनाव सृजना भएको छ ।

सवारी दुर्घटनामा निर्दोष मानिसलाई दोष लागेपछि सुरु भएको विवाद युथ फोर्स र तरुण दलको झगडामा परिणत भएको हो ।

युथ फोर्सका जिल्ला अध्यक्ष वसन्त गुरुङ र तरुण दलका नेताहरू राजनराज पन्त, शरण श्रेष्ठ निर्दोष व्यक्तिलाई छुटाउन प्रहरी कार्यालय पुगेका थिए ।

उनीहरू वीच प्रहरी निरीक्षकको कार्यालयमा वार्तालाप भइरहँदा गुरुङले टेबुल फुटाउन थालेपछि प्रहरी कार्यालय भित्रै दोहोरो झडप सुरु भएको थियो ।

प्रहरीले गुरुङलाई संरक्षण गरेको आरोप लगाउँदै बाहिर निकाल्न नारावाजी गरिरहेका तरुणदलका कार्यकर्ताहरूले प्रहरीलाई तथानाम गाली गर्न थालेपछि वातावरण थप तनावग्रस्त बनेको थियो ।

युथ फोर्स नेता गुरुङलाई बाहिर निकालेर प्रहरीले घर पठाएको थियो । उनलाई घर पुग्ने समय दिएको प्रहरीले त्यसपछि तरुणदलका कार्यकर्ताहरूलाई घर जान अनुरोध गरेसँगै उनीहरू आफ्नो बाटो लागेका थिए । प्रहरी कार्यालय बाहिर कुरेर बसेका युर्थफोर्स कार्यकर्ताहरूले तरुण दलका कार्यकर्तामाथि आक्रमण गर्न थालेपछि स्थिति थप तनावग्रस्त भयो । युर्थफोर्सका कार्यकर्ताले हानेको ढुङ्गाले नेपाली काँग्रेसका नगरसभापति समेत रहेका राजनराज पन्तलाई टाउकोमा लागेपछि उपचारका लागि प्रहरीले गोरखा अस्पताल पु¥याएको थियो ।

घाइते पन्तको टाउकोमा चोट रहेको र उपचार पछि घर फर्केको अस्पतालले जनाएको छ ।