काठमाडौँ, २५ जेठ । एक हप्तादेखि आमरण अनशनमा बस्नुभएका सगरमाथा आरोही कामे मगरको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको छ ।
सगरमाथा आरोहणसँग सम्बन्धित विभिन्न माग राखी यही जेठ १८ गतेदेखि रत्नपार्कस्थित शान्तिवाटिकामा आमरण अनशन बस्नुभएका मगरले आइतबार पत्रकारसँग कुरा गर्दै आफूलाई शनिबारदेखि वाकवाकी लाग्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने लगायतका समस्या देखापरेको बताउनुभयो ।
उहाँ, पर्यटन व्यावसायिक क्षेत्रमा भ्रष्टाचार गर्ने भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने, पर्यटन व्यवसायीलाई मुलुकको मेरुदण्डका रूपमा विकास गराउनुपर्ने, क्लाइम्बिङ शेर्पा र टे«किङ क्षेत्रमा काम गर्ने मजदुर र भरियालाई प्रोत्साहन गर्नुपर्ने लगायतका सात सूत्रीय माग राख्दै अनशन बस्नुभएको हो ।
उहाँले भन्नुभयो–“पर्यटन क्षेत्रमा देखिएका समस्यालाई लिएर पटकपटक सरोकारवाला सङ्घसंस्था तथा सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाइ नभएपछि आफू आमरण अनशनमा बस्न बाध्य भएको हुँ ।” आफ्ना माग पूरा नभएसम्म अनशन जारी राख्ने उहाँको भनाइ छ ।














प्रतिक्रिया