२९ आश्विन २०८३, बिहिबार

चट्याङ लागेर काभ्रेमा चारको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cha

बनेपा, २४ जेठ । काभ्रेपलाञ्चोकको माहाभारत डाँडापारिका गाविसमा शनिबार  परेको चट्याङ लागेर चार जनाको घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक अरुण बिसीका अनुसार गोकुले गाविस–६ निवासी ७४ वर्षीय कामीसिंह मुक्तान, वनखुचौर–८ बस्ने १२ वर्षीया रमिला विक, मिल्चे–९ निवासी ४५ वर्षीया फूलमाया तितुङ र साल्धारा गाविस–६ बस्ने १९ वर्षींय सन्तलाल रुम्बाको चट्याङ लागेर मृत्यु भएको हो ।

उनीहरुलाई आआफ्नो घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । प्रहरी उपरीक्षक बिसीले सो क्षेत्रमा यातायात सुविधा नभएकाले प्रहरी पैदलयात्रा गर्दै घटनास्थल गइरहेको जानकारी दिनुभयो ।