२९ आश्विन २०८३, बिहिबार

‘ओलीलाई अध्यक्षमा सर्वसम्मत बनाउने प्रयासमा छौं’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bidhya-bhandariकाठमाडौं, २४ जेठ । नेकपा (एमाले)का उपाध्यक्ष विद्यादेवी भण्डारीले पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा केपी ओलीसहितको मूल नेतृत्व सर्वसम्मत बनाउने प्रयासमा लागिरहेको बताएकी छन् ।

प्रेस चौतारी नेपाल, काठमाडौंमा आज आयोजना गरेको कार्यक्रममा उनले अध्यक्ष झलनाथ खनाल प्रस्तावक, वरिष्ठ नेता माधवकुमार नेपाल समर्थक बनेर नेता ओलीलाई अध्यक्ष बनाउनुपर्ने बताइन् ।

पार्टीका अध्यक्ष खनाल र वरिष्ठ नेता नेपालले दुई-दुई पटकभन्दा बढी नेतृत्व गरिसकेको हुनाले तेस्रो दर्जाको नेता मानिएका नेता ओलीलाई अध्यक्षमा सर्वसम्मत रूपमा चयन गर्नुपर्ने वर्तमान आवश्यकता भएको उनको भनाइ छ ।

‘पटक–पटक हे-यौँ खनाल र नेपाललाई, एकपटक हेरौँ ओलीलाई भन्ने पार्टीका अधिकांश नेता तथा कार्यकर्ताको माग छ,’ उनले भनिन् ।