२९ आश्विन २०८३, बिहिबार

लोकमानको पद परमात्माको कृपा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

LOK_MAN_SINGH_KARKI

काठमाडौं, २४ जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफूले पाएको पद परमात्माको कृपा भएको बताएका छन् ।

आजको नागरिक दैनिकसँग कुरा गर्दै कार्कीले भनेका छन्- जतिबेला मलाई मुख्यसचिवको पदबाट अन्यायपूर्वक हटाइयो, त्यतीबेला पदको चाहना र एक प्रकारको इगो थियो। निराशा थियो मनमा।

त्यहीँ समय म पाइलट बाबाको आश्रम गएँ। डेढ वर्ष उहाँसँगै बसे। उहाँकै मोटरमा हिड्थेँ। उहाँकै छेउको कोठामा सुत्थेँ ।उहाँको म अत्यान्त प्रिय शिष्य थिएँ। उहाँ पनि मेरो माथिल्लो कोटीको सन्त हो। परमात्मामा लिन भइसकेको व्यक्ति हो।

अहिले म खुसी छु। पदका कारण मात्र होइन। साच्ची भन्दा, भित्री रुपमा एउटा पदको चाहना अवस्य नै थियो। मैले नेपाल सरकारको मुख्य सचिवका रुपमा नौ महिना काम गरेँ। त्यसपछि मलाई राष्ट्रिय योजना आयोगमा सरुवा गरियो। जो गैरकानुनी सरुवा थियो। म कानुनी उपचारको लागि अदालत गएँ। अदालतबाट पनि कुनै नयाँ कुरा प्राप्त नगरेपछि परमात्माको इच्छा भनेर हिँडेँ।

परमात्माले त्यो समय मेरो जीवनको टर्निङ प्वाइन्ट निश्चित गरेका रहेछन्। म आज त्यही महसुस गर्दैछु। मैले त्यो सामाजिक दुःख अनुभूति नगरेको भए के हुन्थ्यो भन्न सकिन्न। अहिले हेर्दा परमात्माले दिएको अवसर रहेछ भन्ने जस्तो लाग्छ।

भनिन्छ नि जब दुःख आउँछ तब सोच्नु कि सुख पनि आउँदैछ। र, जब सुख आउँछ तब सोच्नु कि दुःख पनि नजिकै छ। यो भौतिक सुखको कुरा हो। जो मान्छे अध्यात्मिक रुपमा सुखी हुन्छ त्यो मान्छेलाई जीवनमा कहिलै दुःख हुन्छ न कहिल्यै सुख।

मलाई यो पदमा बस्ने इच्छा थियो। यद्यपी पद पाउँदा वा नपाउँदा दुवै अवस्थामा मैले के सोचे भने ‘परमात्मा तिम्रो जस्तो मर्जी’ म अहिले यो पदमा बसेर बोलेकाले धेरैल ई विश्वास नलाग्न सक्छ। तर म पद पाउनुअघि पनि अत्यान्त सुखी थिएँ। बाबाहरुको आध्यात्मिक संगतले मलाई यो कुराको बोध गराएको हो।