२९ आश्विन २०८३, बिहिबार

‘भट्टराईले समानान्तर समिति बनाएको असत्य’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

maoist_building

काठमाडौँ, २३ जेठ । एकीकृत नेकपा(माओवादी)का प्रवक्ता दीनानाथ शर्माले पार्टी नेता डा बाबुराम भट्टराई पक्षले छुट्टै कार्य विभाजन गरेको भन्ने समाचारमा सत्यता नभएको दाबी गर्नुभएकोे छ ।

प्रवक्ता शर्माले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै डा भट्टराईका बारेमा विभिन्न सञ्चारमाध्यमबाट प्रकाशित÷प्रसारित समाचारप्रति पार्टीको ध्यानाकर्षण भएको बताउँदै ती समाचार भ्रमपूर्ण रहेकाले त्यसको खण्डन गर्दछौं भन्नुभएको छ ।

पार्टी केन्द्रीय समितिको बैठकमा निर्वाचनमार्फत नेतृत्व चयन र शीर्ष नेतृत्वबीचको समझदारीअनुसार कार्यविभाजन भई देशव्यापीरुपमा प्रशिक्षण कार्यक्रमको तयारी भइरहेको सन्दर्भमा यस प्रकारको भ्रमले कुनै असर नगर्ने विज्ञप्तिमा उल्लेख छ ।

पार्टीको शीर्ष तहमा नेताहरुबीच सौहार्दपूर्ण छलफल भइरहेको समेत विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष पुष्पकमल दाहालसँग असन्तुष्ट नेता भट्टराईले गोप्य भेला गरी समानान्तर समिति बनाएको दस्तावेज यसअघि सार्वजनिक भएको थियो ।