२९ आश्विन २०८३, बिहिबार

गोरखामा वेहोस भएर सुत्केरीको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

gorkha_district-Mapगोरखा, २३ जेठ । गोरखा जिल्लामा १९ वर्षीया सुत्केरीको वेहोस भएर मृत्यु भएको छ ।

गोरखा नगरपालिका–२ कि १९ वर्षीया सोलु गुरुङको आज विहान साढे पाँच बजे वेहोस भएर मृत्यु भएको हो ।

जेठ २१ गते जिल्ला अस्पताल गोरखामा प्रसुतिका लागि भर्ना भएकी गुरुङको बिहीबार सल्यक्रिया गरी बच्चा निकालिएको थियो ।

बच्चा निकाले पछि एक्कासि बेहोस भएकी उनलाई थप उपचारका लागि भरतपुरतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी भनाइ छ ।