काठमाडौं, २३ जेठ । नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले सरकार सर्वपक्षीय राजनीतिक सम्मेलनप्रति गम्भीर नभएको बताएका छन् ।
‘हामीले राजनीतिक निकासको लागि प्रधानमन्त्रीसँग भेटेर सर्वपक्षीय राजनीतिक सम्मेलनबाट निकास खोजौं भनेका थियौं,’ उनले भने, ‘हुन्छ भन्नुभएको थियो । तर त्यसलाई गम्भीरतापूर्वक लिएको देखिएन ।’
काठमाडौंमा आज आयोजित कार्यक्रममा अध्यक्ष वैद्यले सच्चा माओवादीलाई बेवास्ता गर्दै बनेको संविधानसभाले जनताको पक्षमा संविधान नलेख्ने दाबी गरे ।
उनले सर्वपक्षीय राजनीतिक सम्मेलनमा सबै बसेर नयाँ निकास खोजौँंँ भन्दापनि नसुनिएकाले आफूहरुले नयाँ आन्दोलनको तयारी गरिरहेको बताए ।













प्रतिक्रिया