आइतबार, १ मंसिर २०७६
DainikNepal.com
आइतबार, १ मंसिर २०७६

किन यति धेरै खुसी छन् सनी लियोनी ?

दैनिक नेपाल २०७१ जेठ २३ गते १२:३०

Sunny-Leone

पोर्नको दुनियाबाट बलिउड छिरेकी सनी लियोनी यतिबेला निकै खुसी छन् । एमटीवीको डेटिङ शो ‘स्पिलिट्सविला–७’ को होस्ट भएपछि सनी यति बिध्न खुसी भएकी हुन् । सनीले भनेकी छन् यो कार्यक्रमको होस्टिङ गर्न पाउनु कुनै सपनामा देखेको कुरा साकार भए जस्तै लागेको छ ।

स्पिलिट्सविला–७ को फस्ट लुक सार्वजनिक भैसकेको छ । मुम्बईमा सनी लियोनीले फष्ट लुक सार्वजनिक गरेकी हुन् । उक्त कार्यक्रममा सनी रातो गाउनमा सजिएकी थिईन । तर उक्त कार्यक्रमको होस्टिङ गर्दै गर्दा भने सनी लियोनी आँफु पनि हट हुने कुरा चाँहि सञ्चारमाध्यममा खुलाईन् ।

स्पिलिट्सविला–७ मा सनी लियोनीको साथमा भिजे निखिल चिनप्पा पनि देखिने छन् । गत बर्ष यस शोको होस्टिङ अर्की हट नायिका शर्लिन चोपडाले गरेकी थिईन् ।

प्रतिक्रिया
सम्बन्धित