२९ आश्विन २०८३, बिहिबार

सामुदायिक वन उपभोक्ता महासंघमा कार्की

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, २२ जेठ । सामुदायिक वन उपभोक्ता महासंघको राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा गणेश कार्की सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

महासंघको यही जेठ १८ गतेदेखि राजधानीमा सुरु भएको महाधिवेशनबाट उपाध्यक्षमा भीमप्रकाश खड्का, महासचिवमा भारती पाठक, सचिवमा बिर्ख शाही र कोषाध्यक्षमा मञ्जु मलासी निर्वाचित हुनुभएको छ ।

महासंघको ७७ सदस्यीय समावेशी चरित्रको कार्यसमिति सदस्यमा ठाकुर भण्डारी, बलबहादुर राई, मीरा केरु, पार्वती विक, पवित्रा राउटे, वनमाया चेपाङ, शिद आङ्ला, आङ्निमा शेर्पा, सोनाम लामा, हेममाया मोक्तानलगायत रहनुभएको छ ।

महासंघका नवनिर्वाचित अध्यक्ष कार्कीले आफूले वनको दिगो व्यवस्थापन गरी वनमा आधारित उद्यमको विकास गर्दै स्वाधीन वनसम्बन्धी रोजगारी सिर्जना गर्न सामुदायिक वन अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

चार दिनसम्म चलेको उक्त महाधिवेशनमा देशभरीबाट ६१० प्रतिनिधि र पर्यवेक्षक गरी एक हजार जनाको सहभागिता थियो ।