२९ आश्विन २०८३, बिहिबार

‘भ्रष्टाचारी’ बजारमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

???????????????????????????????

काठमाडौँ, २२ जेठ । लेखक हरिहर पोखरेलद्वारा लिखित ‘नेपालका भ्रष्टाचार : भ्रष्टाचारी’ शीर्षक पुस्तकको लोकार्पण गरिएको छ ।

कृति ब्रदर बुक्स प्रकाशन प्रालि काठमाडौँले प्रकाशन गरेको हो । पब्लिक एलाइन्स फर एन्टिकरप्सनका अध्यक्षसमेत रहनुभएका लेखक पोखरेलको पुस्तकमा ‘नेपालका भ्रष्टाचार र भ्रष्टाचारीसम्बन्धमा विभिन्न सूचना दिनुभएको छ । सो पुस्तकमा भ्रष्टाचारीले कहाँ, कति र कसरी भ्रष्टाचार गरे, नेपालमा हुने गरेका भ्रष्टाचारका प्रकार, यसका असर र अपराधसँगको सम्बन्ध र चर्चित सम्पत्ति छानबिन आयोग २०५८ ले ठहर गरेका भ्रष्टाचारीका बारेमा समेत उल्लेख छ ।

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका अध्यक्ष विष्णुबहादुर केसीले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन सबै मिलेर अभियान नै सञ्चालन गर्नुपर्छ भन्नुभयो ।

पत्रकार हरिबहादुर थापाले नेपालमा भ्रष्टाचारसम्बन्धी कानुन भए पनि कार्यान्वयन हुन नसकेको र सम्बन्धित निकायले ठुल्ठूला भ्रष्टचारीलाई उम्काएर सानालाई मात्र कारबाही गर्ने गरेको आरोप लगाउनुभयो । पत्रकार अरुण बरालले पुस्तकमा विभिन्न राजनीतिक घटनाक्रमका साक्षीका रुपमा रहेका महत्वूर्ण दस्तावेज पनि समावेश गरिएको जानकारी दिनुभयो ।