काठमाडौं, २२ जेठ । जेठ ३० गतेका लागि तोकिएको नेकपा एमालेका महाधिवेशन प्रतिनिधिहरुको निर्वाचन एक साता पछि सरेको छ ।
परिवर्तित तालिका अनुसार असार ७ गते देशभरका सबै जिल्ला कमिटी, जनवर्गीय संगठन लगायत सबै निकायमा महाधिवेशन प्रतिनिधिको निर्वाचन हुनेछ । असार ८ गते उपचुनाव हुने काठमाडौं, चितवन, बर्दिया र कैलालीको भने पछि प्रतिनिधि छनौट हुनेछ ।
प्राबिधिक र व्यवस्थापकीय तयारी नपुगेका कारण एक साता पर सारिएको महासचिव इश्वर पोखरेलले जानकारी दिनुभयो । कुन जनवर्गीय संगठनले कति प्रतिनिधि पठाउन पाउने भन्ने पनि तय नभइसकेको उहाँले बताउनुभयो ।
देशभर र प्रवासका समेत गरी पार्टी सदस्यको अन्तिम नामावली र संख्या आएपछि अनुपात छुट्याउने बताइएको छ । अहिलेसम्म २ लाख ५० हजार संगठित सदस्यको अभिलेख तयार भइसकेको छ ।














प्रतिक्रिया