२९ आश्विन २०८३, बिहिबार

यार्सागुम्बा टिप्न जाँदा ज्यान गुमाउनेको संख्या पाँच पुग्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yarsa-gumba

मुगु, २२ जेठ । मुगुका विभिन्न पाटन क्षेत्रमा यार्सा टिप्न गएकामध्ये बुधबार राति थप एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा मुगु जिल्ला पिना गाविस वडा नं ९ घर भएका ३० वर्षीय गोमबहादुर शाही रहेका छन् ।

पाटनमा यार्सा टिप्दै गर्दा चिसोका कारण एक्कासि पेट दुख्न थालेपछि आफन्तहरुले उपचारका लागि जिल्ला सदरमुकाम गमगढीतर्फ ल्याउँदै गर्दा गएराति मुगु गाविसको चितैकुना भन्ने स्थानमा उनको मृत्यु भएको आफन्तले बताएका छन् ।

विगत एक हप्तायता चिसो र लेक लागेकै कारण शाहीसहित पाँच जनाको मृत्यु भइसकेको छ । यही जेठ १९ गते मुगु जिल्ला श्रीकोट गाविस–१ बरातुका मानबहादुर बानियाँको छापाखोला भन्ने स्थानमा, २० गते मुगुकै रोवा गाविस–४ का रेशमबहादुर बुढाको सानो कोइखी भन्ने ठाउँमा र १९ गते जुम्ला जिल्ला तातोपानी गाविस–५ का मीनबहादुर तिरुवाको भाबरखोला भन्ने ठाउँमा मृत्यु भएको छ भने १४ गते जुम्ला जिल्लाकै छुमचौर गाविस–५ का मानबहादुर बोहराको मुगु गाविसको शिरानीचौर भन्ने ठाउँमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक पुस्कर केसीले जानकारी दिनुभएको छ ।