२९ आश्विन २०८३, बिहिबार

रक्षक नै भक्षक ! व्यापारीलाई लुटपाट गर्ने सशस्त्र प्रहरीका सईसहित चार पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahotaari-jilla-final10

महोत्तरी २२ जेठ । महोत्तरी जिल्लाको जलेश्वरमा खसी व्यापारीहरुलाई लुटपाट र कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले सशस्त्र प्रहरीका नायब निरीक्षकसहित चार जनालाई बुधबारराति पक्राउ गरेको छ

पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक विद्याभूषण झा, सशस्त्र प्रहरी हवल्दार सञ्जीव कुमार राय, सशस्त्र प्रहरी सहायक हवल्दार नवीन चन्द र सशस्त्र प्रहरी जवान मिथिलेसप्रसाद चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पक्राउ परेका चारैजनाले गएराति ८ बजेको समयमा जलेश्वर–६ स्थित परिक्रमा गाछीमा भारतबाट खसी किनेर आइरहेका व्यापारीहरु जलेश्वर–६ बस्ने राजेन्द्र दास, बलराम दास, कृष्ण दास र सुनिल दासलाई कुटपिट गरेको र निजहरुको साथबाट रु ६० हजारसमेत लुटपाट गरेको आरोप लगाइएको प्रहरी निरीक्षक इकवाल हवाडीले बताउनुभयो ।

व्यापारीहरुले भारतबाट भन्सार तिरेर १२÷१४ वटा खसी किनेर ल्याइरहेको बेला सशस्त्र प्रहरीका चारैजनाले मिलेर उनीहरुसँग पैसा मागेको र उनीहरुले हामीले भन्सार तिरेर आएकाछाँै भन्दै पैसा नतिरेपछि उनीहरुलाई सशस्त्र प्रहरीले बेस्सरी कुट्नुका साथै ६० हजार नगदसमेत लुटपाट गरेको प्रहरी निरीक्षक हवाडीले बताउनुभयो ।

व्यापारीहरुलाई कुटिरहेका सशस्त्र प्रहरीलाई जलेश्वरको आयुर्वेद अस्पताल चोकमा खटिएका नेपाल प्रहरीका जवानले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा ल्याएका थिए । साथै व्यापारीहरुलाई पनि प्रहरीले जिल्ला प्रहरीमा ल्याएका थिए ।

जिल्लामा ल्याइएका व्यापारीहरुसँग भन्सारको कागजात पाएपछि प्रहरीले व्यापारीलाई तत्कालै छाडेका थिए भने सशस्त्र प्रहरीलाई मेडिकल जाँच गराई आवश्यक विभागीय कारबाहीको माग गर्दै सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीको जिम्मा लगाइएको प्रहरी निरीक्षक हवाडीले बताउनुभयो ।