२९ आश्विन २०८३, बिहिबार

बाबाहरुले विषालु च्याउ खाएपछि….

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

udayapur_district

गाईघाट (उदयपुर), २२ जेठ । जिल्लाको बसाहा बेल्टार नगरपालिका–२ काइलाथुम्कीमा अवस्थित शिवमन्दिरका तीनजना बाबाले बुधबार जङ्गलको बिषालु च्याउ खाँदा सिकिस्त बिरामी परेका छन् ।

विषालु च्याउ खाएको कारण बिरामी हुनेहरूमा मन्दिरका मुख्य बाबा ६७ वर्षीया लीला पुरी रहेका छन् भने महिलाहरूमा ५७ वर्षीया मन पुरी र ५३ वर्षीया कला पुरी रहेका छन् ।

उनीहरूको अहिले इलाका प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारमा उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जानकारी केन्द्रका वरिष्ठ अहेब तेजप्रसाद पोखरेलले दिनुभयो ।

बिहान मन्दिर नजिकैको जङ्गलमा च्याउ खोजेर मन्दिरको कुटीमा पकाएर खाएपछि तीनै जना बाबा मन्दिर परिसरमा लडेका थिए ।