२९ आश्विन २०८३, बिहिबार

जाजरकोटको पन्ध्र गाविसको टेलिफोन सेवा अवरुद्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

telephone

जाजरकोट, २२ जेठ । यहाँको पूर्वी क्षेत्रमा रहेका १५ वटा गाविसमा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ ।

टेलिफोन सेवा अवरुद्ध हुँदा रग्दा, भगवती, खगेनकोट, डाँडागाउँ, लहाँ, नायकवाडा, रोकायगाँउ, सक्लालगायत १५ गाविसका करिब ३० हजार नागरिक टेलिफोन सेवाबाट वञ्चित हुनु परेको स्थानीयवासीले बताएका छन् ।

रातामाटा, रतनकोट, लाताचुली लगायतका ठाउँमा रहेका टावरमा एकै पटक खराबी आएको र दुर्गम क्षेत्रमा रहेका टावरमा खराबी आउँदा ढिलो गरी मर्मत हुने भएका कारण लामो समयसम्म टेलिफोन अवरुद्धको मारमा स्थानीयवासी पर्ने गरिएका छन् ।

नेपाल टेलिकम जाजरकोट शाखाले मर्मत गर्न प्राविधिक टोली पठाइसकेको बताएको छ ।