२९ आश्विन २०८३, बिहिबार

मन्दिरमा कुमार केटा चढाइने परम्परा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mandir-kumar-keta

दैलेख, २२ जेठ । २१औ सताब्दीसँगै बदलिदो परिवेसमा पौराणिक रुडीवादी परम्परा अझै पनि कायम छ। पञ्चकोशी तिर्थस्थलमध्ये सहायक स्थलको रुपमा रहेको शिवमहादेव मन्दिरमा सन्तानका रोलक्रमअनुसार कुमार केटालाई चढाइने परम्मपरा रहि आएको छ।

कुमार केटाले १६ वर्ष पार वा परस्त्रीसँग सम्बन्ध नराखुन्जेल पुजाआजा र मन्दिरको हेरचाह गर्छन्। जसलाई स्थानीय भाषामा देउकेटा अर्थात देवतालाई चढाएको केटा भन्ने गरिन्छ। आजको कमाण्डर पोस्टमा छापिएको छ ।

५ सय वर्षभन्दा पहिलेदेखि केटा चढाउने प्रथा अझै कायमै रहेको छ। मन्दिरमा देउकेटाको रुपमा चन्द्रदेव गिरीले कुमार जीवन विताइरहेका छन्। कुमार केटाले पूजाआजा नगरे आफ्नो परिवारका सै श्रद्धालु दर्शनार्थीसमेत मर्ने विश्वास रहिआएको छ। ‘ चलिआएको परम्परा भएकाले मन्दिरमै बस्ने बानी परिस्कयो,’ चन्द्रदेवले भन्यो।