२९ आश्विन २०८३, बिहिबार

डान्स स्टारमा तहल्का मच्चाएकी नेपाली छोरी जिटीभीको टोलीसँग घर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

teriya_magar

भैरहवा, २२ जेठ । भारतीय च्यानल जीटीभीमा प्रसारण भइरहेको डान्स इन्डिया डान्स (डीआईडी) लिटिल मास्टर्सको अन्तिम पाँचमा छनोट भएकी नेपाली बालिका तेरिया फैजा बिहीबार गृह जिल्ला आउँदैछिन्। प्रतियोगिताका लागि चार महिनादेखि भारतको मुम्बईमा रहेकी तेरिया अन्तिम पाँचमा छनोट हुने निश्चित भएपछि रूपन्देहीमा नृत्य छायांकनका लागि जीटीभीको टोलीसहित आउन लागेकी हुन्।

तेरियाले नेपाल रहँदा आफ्नो नृत्य प्रस्तुत गर्दै आफूलाई विजयी बनाउन भोट माग्ने कार्यक्रम रहेको छ। १४ वर्ष उमेरसम्मका झन्डै चार लाख बालबालिकाले भाग लिएको प्रतियोगितामा छनोट भएका ४० हजार प्रतिस्पर्धीलाई पछि पार्दै उनी भोटिङ राउन्ड (टप टेन) मा आइपुगेकी थिइन्। आकर्षक नृत्य कलाका कारण निर्णायकको मन जितेकी उनले भोटिङ राउन्डमा दर्शकबाट पनि निरन्तर सर्वाधिक भोट प्राप्त गर्दै अन्तिम पाँचमा आउन सफल भएकी अन्नपूर्ण पोष्टमा खबर छ ।

डीआईडी लिटिल मास्टर्सको अन्तिम पाँचजनामा छनोट हुने तेरिया पहिलो र कम उमेरकी नेपाली प्रतियोगी हुन्।

मुम्बईबाट काठमाडौंहुँदै जहाजमा भैरहवा आउने टोलीलाई गौतमबुद्ध विमानस्थलमा विभिन्न संघसंस्था र तेरियाका आफन्त तथा शुभेच्छुकले भव्य स्वागत गर्ने तयारी गरेका छन्। भैरहवा हुँदै बुटवल र उनको जन्म गाउँ रुद्रपुर पुग्दासम्म उनको स्वागतमा हुने सबै गतिविधिको छायांकन र प्रसारण हुने भएकाले तेरियाको स्वागतका लागि धेरैभन्दा धेरै जनमानस उपस्थित गराउन जीटीभी टोलीले आग्रह गरेको बागेश्वरी संगीतालयका प्राचार्य सुरेश सेन्चुरीले जानकारी दिए।

तेरियाको स्वागत व्यवस्थापनमा ठूलै रकम खर्च हुने भएकाले सहयोग गर्न इच्छुक व्यक्ति र संघसंस्थालाई संगीतालयले आग्रह समेत गरेको छ। बागेश्वरी संगीतालय बुटवलकी प्रशिक्षार्थी तेरिया रुद्रपुरस्थित विद्यालयमा कक्षा ५ मा अध्ययनरत छिन्।

तेरियाले गत वर्ष काठमाडौंमा सम्पन्न राष्ट्रव्यापी नृत्य प्रतियोगितामा प्रथम भई एक लाख रुपैयाँ नगद पुरस्कार जितेकी थिइन्। डीआईडी लिटिल मास्टर्सको उपाधि विजेताले ५० लाख भारु नगद र कारलगायतका उपहार प्राप्त गर्नेछन्। चार महिनादेखि जारी प्रतियोगिताको अन्तिम प्रतिष्पर्धा असार १ गते हुँदैछ।

हेर्नुस भिडियो: