सोलुखुम्बु, २१ जेठ । विद्यार्थी सङ्ख्या शून्य भएपछि सोलुखुम्बु चौंरीखर्कको एक र नाम्चेको एक विद्यालय बन्द भएका छन् ।
यस शैक्षिकसत्रमा विद्यार्थी शून्य भएका चौंरीखर्क गाविसको कर्म जनसेवा प्राथमिक विद्यालय र नाम्चे गाविसको नाम्चे प्राथमिक विद्यालय बन्द गरिएका हुन् ।
एकजना पनि विद्यार्थी नभएपछि ती विद्यालय बन्द गरिएको जिल्ला शिक्षा अधिकारी शङ्कर कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार त्यहाँका शिक्षकलाई काजमा अन्यत्र पठाउने तयारी भइरहेको छ । विद्यालयको भौतिक सम्पत्ति संरक्षण गर्ने जिम्मा स्थानीय संस्थालाई दिइएको छ ।













प्रतिक्रिया