२८ आश्विन २०८३, बुधबार

काठमाडौंमा मेक्सिकोको वाणिज्य दूतावास खुल्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ambassador of Mexico to Nepalकाठमाडौं। नेपालका लागि अफ्रिकन मुलुक मेक्सिकोको महाबाणिज्य दूतमा केएल दुगड ग्रुपका उपाध्यक्ष नरेश दुगड नियुक्त भएका छन्।

डिल्लीबजार स्थित केएल दुगड ग्रुप परिसरमा मेक्सिकोको बाणिज्य दूतावास समेत स्थापना गरिएको छ।
नेपालका लागि मेक्सिकोका गैरआवासीय राजदूत जेमी नुवालार्टको उपस्थितीमा बुधबार दूतावास उद्घाटन गरिएको हो।

कार्यक्रममा दुबै देशको राष्ट्रिय झन्डोत्तोलन गरियो।

युवा उद्यमी दुगडले मेक्सिकोको बाणिज्य दूतको रुपमा आफ्नो नियुक्तीले दुई देशबीच व्यापार अभिबृद्धिमा सघाउ पुग्ने विश्वास व्यक्त गरे।

केएल दुगड ग्रुपको उपाध्यक्ष नरेश नेपाल चेम्बर अफ कमर्सको कार्यकारिणी सदस्य तथा कुमारी बैंकका सञ्चालक समेत छन्। केएल दुगड ग्रुपले खाद्यान्न, तेल, सिमेन्ट, जलविद्युत, जडिबुटी प्रशोधन, निर्माण, बैंकिङ लगायत क्षेत्रमा लगानी गरेको छ।