२९ आश्विन २०८३, बिहिबार

नक्कली मह बेच्ने पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahaभद्रपुर, २१ जेठ । शुद्ध मह भनेर नक्कली मह बेच्ने कार्यमा संलग्न दुई जनालाई शनिश्चरे–७ स्थित नयाँ बसपार्कबाट प्रहरीले पक्राउ गरेको छ ।

सुनसरी जिल्लाको भासी गाविस–५ बस्नेद्वय १८ वर्षीय पिन्टु धामी र सोही ठाउँ बस्ने २३ वर्षीय राजेश यादवलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

आफूहरुले बढी आर्थिक लाभ लिने उद्देश्यले तरल पदार्थ मिसावट गरी शुद्ध मह भनेर बेच्ने गरेको उनीहरुले स्वीकारेका छन् । दुवै जनामाथि आवश्यक कारबाही  थालिएको छ ।