२८ आश्विन २०८३, बुधबार

कसैको ‘नो’ कसैलाई चान्स …

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

heroni३० जेठमा प्रतीक्षित फिल्म रिलिज हुँदै छ, मुखौटा। अर्पण थापाको पहिलो निर्देशन र गिनेचुनेका कलाकारको जम्बो टोलीका कारण फिल्मप्रति धेरै अपेक्षा राखिएको छ। निशा अधिकारी यही फिल्मकी मुख्य अभिनेत्री हुन्।
प्रतिष्ठित ब्यानरबाट अफर नआइरहेका बेला यो फिल्म खेल्न पाएपछि निशाको चुरीफुरी बढ्नु स्वाभाविक पनि हो।
कतिसम्म भने उनी टे्रलरमा समावेश अश्लील संवादको पक्षमा खुलेर लागिन्। सायद करिअर ओरालो लागिरहेका बेला पाएको फिल्मको बचाउ गर्नु उनको बाध्यता पनि होला तर रमाइलो कुराचाहिँ यो फिल्म उनले काकतालीमा पाएकी थिइन्।
निर्माण युनिटका एक सदस्यका अनुसार सुरुमा फिल्मको शीर्ष महिला पात्रको भूमिकाका लागि मलिना जोशीलाई प्रस्ताव राखिएको थियो।
तर, उनले अस्वीकार गरेपछि यो भूमिका निशाको पोल्टामा परेको हो। धन्य मलिना, जसले ‘नो’ भनिदिँदा निशाले राहत पाइन्।